आईजीपी र एआईजीको पदावधि घटाउने सहमति

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र अतिरिक्त महानिरीक्षक (एआईजी) को पदावधि घटाउने सहमति भएको छ। महानिरीक्षकको तीन र अतिरिक्त महानिरीक्षकको चार वर्ष राख्ने सहमति भएको छ।

हाल आईजीपीको चार र एआइजीको पाँच वर्ष रहेको छ। गृह मन्त्रालयले बनाएको नयाँ प्रहरी ऐनको मस्यौदामा पदावधि घटाउने सहमति भएको हो।

त्यस्तै नायब महानिरीक्षक (डिआईजी)को पदावधि भने पाँच वर्ष र बरिस्ठ उपरीक्षक (एसएसपी)को ६ वर्ष नै राखिएको छ। नयाँ ऐनमा वृत्ति विकाससम्बन्धी प्रावधानमा व्यापक हेरफेर गर्न लागिएको हो।

३० वर्षे सेवाहद पनि हटाउने सहमति भएको तर केही प्रहरी अधिकारी त्यसविरुद्ध लागेका छन्। प्रहरी समायोजनका लागि प्रदेश सरकारले दबाब दिएपछि गृह मन्त्रालयले हतारमा नयाँ प्रहरी ऐन ल्याउन लागेको हो।