गगन थापाले मेची-महाकाली संवाद यात्रा गर्ने

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्ने भएका छन्। पार्टीका कार्यकर्ता र जनताका गुनासा तथा सुझाव लिन सम्वाद यात्रामा निस्कन लागेक महामन्त्री थापाले बताएका छन्।

महामन्त्री थापाले यही माघ १३ गतेदेखि संवाद यात्रा सुरू गर्दैछन्। उनले झापाको मेचीपुल भन्सारबाट संवाद यात्रा सुरु गर्ने भएका छन्। संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने भाषणका कार्यक्रम नगर्ने उनको भनाइ छ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्म समुदायमा अभियान सञ्चालन गर्दैछ। महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा सुरु गर्न लागेका हुन्। संवाद यात्रा माघ २६ गते सकिने उनले बताएका छन्।