कानूनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थे: सांसद भण्डारी

फाइल तस्वीर

काठमाडौं। नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताउनुभएको छ।

मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै सांसद भण्डारीले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताउनु भयो। उहाँले भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताउनु भयो।

सांसद भण्डारीले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिव राखेर झुपडी बनाउने प्रवृत्तिका कारुण मुलुक गरिव भएको बताउनु भयो। उहाँले विकास निर्माणमा नेताहरुको क्षमता नपुगेको बताउनु भयो।