सुनको मूल्य आज सामान्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि सामान्य बढेको छ।सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।