फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ,डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ। बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार यो मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ।