प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच भेटवार्ता भइरहेको हो।

संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबिच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ। माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ।