खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु

सांकेतिक तस्वीर

तुलसीपुर । खाना पकाउने क्रममा कपडाबाट आगो सल्केर दाङको तुलसीपुरमा एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिए।

बिहीवार साँझ पौने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको थियो।

घरमा कोही नभएको समयमा घटना भएको स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको थियो।