पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक अर्याल पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेका छन्। सोमबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले बताए।

होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन्। अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छुटेकी छन्। उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो।

ललितपुर महानगरपालिका वडा नम्बर–३ मा सञ्चालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए। भदौ १४ मा घाइते भएका उनी हालसम्म पनि अचेत अवस्थामा छन्।

होटलका संचालहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएको उनका भाई विवेकले बताए। भाई विवेकका अनुसार सजिलमानलाई बेलाबेला चिकित्सकहरूले परीक्षण गर्छन् भने हेरचाहका लागि एक जना नर्स राखिएको छ।