नेपालले क्यानाडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानाडालाई २ सय २५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो। पहिलो विकेटका लागि ओपनर कुशल र आशिफ शेखले ९.१ ओभरमा ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । १९ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ५७ बलमा ९ चौका र १ छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रनमा साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए ।

क्यानडाविरुद्ध आक्रमक ब्याटिङ गरेका कुशलले १४ औँ ओभरको चौथो बलमा ४४ बलमा ८ चौका र १ छक्का मद्धतमा अर्धशक पूरा गरेका थिए ।

तर मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल विशाल योगफल बनाउनबाट चुक्यो । आरिफ शेखले ३८ रन थपे। ५० बलमा ४ चौका हानेका उदय भगवानको बलमा बोल्ड आउट भए ।

३२ बलमा १ चौका र १ छक्का हानेका कुशल मल्ल २० रन बनाउँदै क्याच आउट भए। भिम सार्की १७ रनमा एलबीडब्लु धरापमा परे।

सोमपाल कामी २७ रन बनाउँदा क्याच आउट भए। २३ बलमा १ छक्का र २ चौका हानेका सोमपाल उदय भगवानको बलमा क्याच आउट हुन पुगे।

राष्ट्रिय टोलीमा पुनरागमन गरेका पवन सर्राफ १५ रन बनाउँदै एलबीडब्लु धरापमा परे । घरेलु प्रतियोगिता उच्च प्रर्दशन गर्दै आएका पवन राष्ट्रिय टोलीमा भने खासै जम्न सकेका छैनन्।

आशिफ शेख र कप्तान रोहित पौडेल समान ८ रन बनाउँदै पेभेलियन फर्के। सुर्य तामाङ १० रनमा नटआउट रहे । रिजन ढकाल ४ र ललित रावंशी १ रनमा आउट भए।