ओली र माधवको सम्बन्ध सुध्रिएला, बेग्लै पार्टी बनाउनुपर्ने राजनीतिक÷वैचारिक मतभेद के ?

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको करिब पाँच दशक लामो राजनीतिक सम्बन्ध ‘डिभोर्स’ भएको साढे दुई वर्ष भयो।

२०७८ भदै ९ गते निर्वाचन आयोगमा एकीकृत समाजवादी दर्ता भएपछि राजनीतिक डिभोर्स भएसँगै ओली र माधव २९ महिनादेखि औपचारिक संवादमा छैनन्। उनीहरुको डिभोर्सी सम्बन्ध पुनर्मिलनमा परिणत भइहाल्ने संकेत पनि देखिँदैन।

२०७७ पुस ५ गते संसद् विघटनपछि तत्कालीन नेकपा विभाजनसँगै एमालेभित्र चर्किएको अन्तरविरोधको समाधान खोजेर पार्टी विभाजन रोक्न ओली र माधवबीच २०७८ वैशाख ९ गते मेरियट होटलमा अन्तिम औपचारिक भेटवार्ता भयो । तर, भेटवार्ता विभाजन रोक्ने अचुक अस्त्र बनेन।

सर्वोच्च अदालतको फैसलाबाट २०७८ असार २९ गते नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए।

तत्कालीन प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै २०७८ भदै ९ गते एमाले विभाजित भयो। त्यसपछि दुवै नेताबीच आपसी तिक्तता चुलियो र सार्वजनिक मञ्चमा दुवै तिक्त गालिगलोजमा उत्रिने थाले।

उनीहरूले सार्वजिनक रुपमा दिने अभिव्यक्ति सुन्दा सम्बन्ध सुधार असम्भवजस्तै छ । एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सिध्याउन खोजीरहेको माधवले आरोप लगाउने गरेका छन्।

पार्टी विभाजन गरेर हिँडेपछि एमाले अध्यक्ष ओलीले माधवमाथि विभिन्न लाञ्छना लगाउने गरेका छन्। १५ वर्ष पार्टीको नेतृत्व गरेर माधवले एमाले ध्वस्त पारेको ओलीले आरोप लगाउने गरेका छन्। माधवले अब कहिल्यै चुनाव नजित्ने ठोकुवा समेत ओलीले गर्ने गरेका छन्।

ओली र माधवबीचको सम्बन्ध ४९ बर्ष पुरानो हो। झापा आन्दोलनका क्रममा २०२९ सालमा चिनापर्ची भएर त्यसयता उनीहरुले सहयात्रा गर्दै आएका थिए ।

नवौं महाधिवेशन अघिसम्म पार्टीभित्र ओली र माधव लामो समयसम्म एउटै गुटका नेता थिए। २०५१÷५२ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकारमा माधव रक्षा र परराष्ट्रमन्त्री थिए भने ओली गृहमन्त्री थिए।

अहिले यी दुई नेता नदीको किरानाजस्तै भएपनि वैचारिक राजनीतिक विषयका मुद्दामा भने दुवै एकै ठाउँमा देखिन्छन्।

संगठनात्मक र कार्यशैलीगत विषयमा परेको अन्तरसंघर्षले वल्लो र पल्लो छेउमा ओली र माधवलाई पु¥याए पनि जनताको बहुदलीय जनवाद ९जबज०को विषयमा उनीहरूको समान धारणा देखिन्छ।

आखिर एउटै राजनीतिक लाइन हुँदाहुँदै ओली र माधव किन एकै ठाउँ रहन सकेनन् ? दुईवटा बेग्लै पार्टी बनाउनुपर्ने राजनीतिक÷वैचारिक मतभेद के आइपर्यो ?

अथवा,ओली र नेपालबीच एकै ठाउँमा बस्नै नसक्ने के कारण आइलाग्यो रु यसमा माधवको तर्क सुन्ने हो भने ओली दक्षिणपन्थी र राजावादी भएकाले एमाले पुनर्गठन गर्नुपरेको हो।

‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन’ यो उक्ति ओली–माधवको लामो सम्बन्धमा शतप्रतिशत लागू भएको छ। २०५४ सालपछि उतारचढावपूर्ण सम्बन्धमा जेलिएका यी दुई नेता नवौँ महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धा गरेका थिए।

जसमा माधवलाई ५५ मतान्तरमा हराउँदै ओलीले अध्यक्षमा बाजी मारेका थिए।

ओलीको नेतृत्वपछि यी दुईबीच धेरैपटक सार्वजनिक रूपमै भनाभन भयो। दुवैले सयौँपटक कटु आलोचना पनि गरे। तर, अप्ठ्यारो पर्दा परामर्शका लागि दुवै नेता एक–अर्कालाई भेट्न वेलाबखत निवासमा ओहोर–दोहोर गरिरहे।

यति मात्रै होइन, सँगै बसेर ‘बर्थ डे’समेत मनाउथे। दुई नेताको सम्बन्ध घाम–पानीजस्तो छ।

यस्तै घामपानी सम्बन्धले दुई नेताबीच जुनसुकै वेला पुनर्मिलन हुने सम्भावना रहेको चर्चा गर्ने गरिन्छ। तर, नदीको दुई किनारा बनिसकेका ओली र माधवको सम्बन्धु सुध्रिन चाहिँ निकै कठिन देखिन्छ।