एसिसी वुमन्स प्रिमियर कप: भुटानले नेपाललाई दियो ६६ रनको लक्ष्य

फाइल तस्वीर

काठमाडौं। एसिसी वुमन्स प्रिमियर कप २०२४ अन्तर्गत भुटानले नेपाललाई ६६ रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमामएर ६५ रन जोड्यो।

भुटानका लागि ओपनर नवाङ छोडेनले नेपालकी कप्तान इन्दू बर्माबाट बोल्ड हुनुअघि ५० बलमा २५ रन जोडिन्।

यस्तै छिरिङ जाङमोले १६ रन र डेचेन वाङमोले १७ रन जोडे। नेपालका कप्तान इन्दूसहित कविता कुँवर, सीता रानामगर र कविता जोशीले १-१ विकेट लिए।

समूह डी मा रहेको नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो।

नेपालले समूहको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ। समूहका शीर्ष दुई टिम क्वार्टरफाइनलमका पुग्नेछन्।