निर्वाचन एक्लै लड्न सक्ने गरी संगठन निर्माण गर्न नेपालको निर्देशन

फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आगामी निर्वाचन एक्लै लड्नसक्ने गरी संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।

हालै बसेको केन्द्रीय कमिटी बैठकको निर्णय तल्लो कमिटीमा पठाउँदै सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्न निर्देशन दिएका हुन् ।

आगामी निर्वाचनहरुमा एक्लै लड्न सक्ने एउटा क्रान्तिकारी पार्टी सङ्गठनको निर्माणको आवश्यकताबारे हामीले धेरै पटक चर्चा गरेका छौँ ।

त्यसका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक छ। यस अभियानले त्यस आवश्यकतालाई सम्बोधन गर्ने भनिएको छ।

यो अभियानमा पार्टीका सबै तहका कमिटीहरु परिचालित गरे लक्ष्यित परिणाम हासिल गर्नसकिने उनले बताएका छन्। मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठुलो चुनौती रहेको उल्लेख गर्दै नेपालले एउटा क्रान्तिकारी बलियो पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताएका छन्।