सन्दर्भ : २९ औं जनयुद्ध दिवस: के हो माओवाद ?

” दर्शनलाई जनताको बीचमा पुर्याऊ ” 

                                        – माओ त्सेतुङ 
माओवाद के हो ? भन्ने विश्व दार्शनिक दृष्टिकोणसित सम्बन्धित विषय हो। यो बीस सर्वहारा वर्गको विश्वदृष्टिकोणशीत सम्बन्धित विषय हो। यस लेखमा मैले माओवादका बारेमा सर्वसाधारण ( आम ) पाठक तथा यसविषयका अध्ययताहरुले बुझ्न सकून् भनेर सरल भाषा र वाक्यमा लेख्ने कोसिस गरेको छु।
   
माओवाद के हो ? माओवाद के हो भने मार्क्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ नै माओवाद हो। खासगरी सामन्तवादी – साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने , सन १९५३ मा विश्व सर्वहारा वर्गका महान् नेता तथा तत्कालीन सोभियतसंघका राष्ट्राध्यक्ष कमरेड स्टालिनको मृत्यु भयो,त्यस पश्चात् रुस ख्रुश्चोवद्वारा सन १९५६ मा आधुनिक संशोधनवादको जन्म भयो। त्यसपरिघटनाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठूलो वैचारिक समस्या पैदा गर्यो। 
 
तत्कालीन अवस्थामा त्यसप्रकारको गंभीर वैचारिक समस्या उत्पन्न भएको परिपेक्षमा रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरुको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न वैज्ञानिक समाजवादी समाजका अन्तर्विरोधहरुको समाधान गर्नुपर्ने र ख्रुश्चोवी आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा विश्व सर्वहारा वर्गका अर्का महान् नेता तथा चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङ ( सन १८९३ – १९७६ ) द्वारा मार्क्सवाद – लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई मार्क्सवाद – लेनिनवाद – माओवादको तेस्रो ,नयाँ र गुणात्मक उँचाइमा पुर्याउने अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक काम भएको हो।
   
ख्रुश्चोवी संशोधनवाद र चिनिया कम्युनिस्ट पार्टी र राज्य भित्र मौलाएको संशोधनवादका विरुद्ध कमरेड माओले सन १९६६ देखि १९७६ सम्म महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो र वैज्ञानिक समाजवादी मुलुकमा दुईवटा वर्ग हुन्छ पहिलो सत्तारुढ वर्ग सर्वहारा वर्ग र पुँजीपति वर्ग।
 
त्यस अवस्थामा सर्वहाराको अधिनायकत्व अन्तर्गत क्रान्तिलाई निरन्तर जारी राख्ने विचारको विकास गर्नुभयो। त्यही निरन्तर क्रान्तिको सिध्दान्तलाई नै माओवाद भनिन्छ। 
     
त्यसरी मार्क्सवाद -लेनिनवादलाई माओवादमा विकसित तुल्याउने काममा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र सिंगो सर्वहारा श्रमजीवी वर्गको हितखातिर ती माओ त्सेतुङका योगदानहरुलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पहिलोपटक तत्कालीन पेरुको कम्युनिस्ट पार्टी साइनिङपाथ सहित अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी आन्दोलन ( रिम ) र त्यसमा आबद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु तथा संगठनहरुले सही मूल्यांकन गर्दै त्यसलाई “माओवाद”पदावलीमा अभिव्यक्त गरेका थिए,त्यही नै माओवाद हो। 
   
खासगरी सर्वहारा क्रान्तिको विज्ञानको मार्क्सवाद – लेनिनवाद – माओवादका रुपमा भएको गुणात्मक प्रक्रियालाई हामी अझै के स्पष्ट पार्न जरुरी हुन्छ भने वर्गसंघर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको क्रान्तिको विज्ञानको रुपमा कार्ल मार्क्स ( १८१८ – १८८३) र फ्रेडरिक एंगेल्स ( १८२० -१८९५ ) द्वारा मार्क्सवादको अनुसन्धान भएको हो।
 
मार्क्सद्वारा उद्घाटित मार्क्सवादी विज्ञानको दर्शन , राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद गरी तीन प्रमुख अंग रहेको कुरा सर्वविदीतै छ। स्वयं एउटा विज्ञान भएको नाताले मार्क्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो।
   
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र सामाजिक मुक्ति संघर्षहरुको प्रक्रियामा वर्गसंघर्षका नयाँ अनुभव र समस्याहरुका सन्दर्भमा विश्व सर्वहारा वर्गका महान् नेता लेनिनद्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा ऐतिहासिक कार्य भएको थियो।
 
हामीलाई थाहा छ आज यो विज्ञान संघर्ष कै क्रममा विकासको तेस्रो , नयाँ र उच्च चरणमा पुगेको छ। यो तेस्रो,नयाँ र उच्च चरण भनेको कमरेड माओद्वारा विकसित गरिएको माओवादको चरण हो । हामीले यसलाई यही रुपमा बुझ्न र ग्रहण गर्न जरुरी छ 
   
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइका रुपमा मार्क्सवाद – लेनिनवाद – माओवाद रहेको छ । माओवादलाई  आजको विश्वको मार्क्सवाद – लेनिनवादका रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन ।
     
यही मार्क्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शनमम र यसकै आलोकमा २०५२ साल १ गतेदेखि २०६२ सालसम्म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को नेतृत्व महान् दस वर्षे जनयुद्ध सञ्चालन गरियो । उक्त जनयुद्धबाट नेपाली सर्वहारा वर्ग र आम नेपाली जनताले ठूलो विरासत र उपलब्धि हासिल गरेका थिए।
 
त्यसो भएर यही २०८० साल फागुन १ गते नेपालका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टी , जनवर्गीय तथा मोर्चा संगठनहरु एवं आम क्रान्तिकारी जनताले  महान् २९ आौं  जनयुद्ध दिवस भव्यताका सात मनाउने तयारी गरिरहेका छन्।
 
यद्यपि दश वर्षे जनयुद्धको नेतृत्व गरेको मुख्य नेतृत्वले गध्दारी गरेर महान् जनयुद्धद्वारा प्राप्त उपलब्ध र विरासत गुमाउन बाध्य हुनु परेको भए पनि क्रान्तिकारी माओवादी पार्टीहरुले नयाँ जनवादी क्रान्तिलाई आजको नेपालको विशिष्टतामा अगाडि बढाइएका छन्।
 
नेपाली मौलिकतामा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादमा प्रवेश गर्ने रणनीतिक कार्य दिशा र योजनाका साथ महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाइरहेको अवस्था छ।
     
आज नेपालका माओवादी क्रान्तिकारीहरुले पनि महान् दश वर्षे जनयुद्धले देखाएको  बाटोमा क्रान्तिलाई अगाडि बढाएर मात्र महान् दश वर्षे जनयुद्धको २९ आौ जनयुद्ध दिवस मनाउनुको सार्थकता हुनेछ। 
 
लेखक  : लेखक वरिष्ठ मार्क्सवादी लेखक, अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्।