एसीसी वुमन्स प्रिमियर कप: माल्दिभ्स १३ रनमै अलआउट,नेपालको बन्यो र्तिमानी

फाइल तस्वीर

काठमाडौं । नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पारेको छ।

मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो।

जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट भयो । माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन्।

माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए। यो नेपालको महिला टी-२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो। यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो।