आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने

फाइल तस्वीर

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ। बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ।

त्यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने पनि सूचीमा रहेको छ।

साथै, अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।