१८ जना प्रहरीलाई प्रधान कार्यालयको जरुरी सूचना

काठमाडौं। धमाधम जागीर छोड्न थालेपछि प्रहरी प्रधान कार्यालयले विना जानकारी प्रहरी कार्यालयमा हाजिर नहुने प्रहरीका लागि सूचना प्रकाशित गरेको छ।

आज प्रकाशित सूचनामा प्रहरी प्रधान कार्यालयले भनेको छ,आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय(२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयमा सम्पर्क नआउनु भएकाले हाजिर हुन आउने बारेको यो सूचना प्रकाशित गरिएको छ।