माओवादीको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा माअ‍ोवादीको स्थायी समिति बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।

बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर, प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।