जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर लामिछाने उच्च अदालतमा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।

बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन्। सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गर्न लागेको उनका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए।

उनले भने, ‘हामी उच्च अदालतमा आएका छौँ, काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित पुनरावेदन दिन लागेका हौँ, निवेदन दर्ता प्रक्रिया अघि बढ्दैछ।

काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो।