गुण्डा नाईके गणेश लामाको आतंक उस्तै, किन हुन्छ राज्य नै मौन ?

काठमाडौं। काभ्रेपलान्चोक जिल्लालाई आधार ईलाका बनाउँदै विगत केहि वर्षदेखि गुण्डा राज गर्दै आएका गुण्डा नाईके एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गणेश लामाले आफूलाई अपहरण गरेको भन्दै गैरआवासीय नेपाली ज्ञानेन्द्र खड्काले बुधवार विज्ञप्ति जारी गरेपछि यो विषयले तरंग समेत उत्पन्न भएको छ।

गुण्डा राज एवम् डन शैली पृष्ठभूमि भएका लामा पछिल्लो समय राजनीति भन्दापनी गुण्डागर्दीमा बढी सक्रिय देखीएका छन् भने उनै लामाले राज्य आतंक मच्चाउनुका साथै एक व्यावसायीलाई समेत अपहरण गरेको भन्ने विषय निकै गम्भीर पनी छ।

राजनितीक आडका साथै अस्थिर सरकारको फाईदा लिँदै अपराधिक क्रियाकलापमा सक्रिय लामाको लागि अपहरण,लुटपाट एवम् जबर्जस्ती कार्य स्वभाविकै हुने गरेको उनी स्वयंमले बताँउदै हिड्ने गरेका छन्।

डन लामाले अपहरण गरेपछि खड्काले आफु अपहरण परेको विषयलाई लिएर प्रहरीमा समेत उजुरी दिएका छन्। यो घटना हिजो बुधवार सार्वजनिक भए पनि घटना भने गत पुस २३ गतेको हो।

राजनीतिक आडमा गुण्डागर्दी गर्दै आइरहेका अपराधीक पृष्ठभुमिका गुण्डा नाईके लामाले अपहरण गरेर २० करोड रुपैयाँ मागेको भन्दै खड्काले प्रहरीमा उजुरी दिएका थिए।

अपराध कर्ममा लागेका लामाविरुद्ध उजुरी परेपछि नेपाल प्रहरी अपराध अनुसन्धान विभागले अनुसन्धान गरीरहेको जनाएको छ।

करिव १५ वर्ष अगाडि देखि काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा प्रहरीकै सेटिङ्गमै हप्ता असुली,लुटपाट,अपहरण,डकैती समेत गर्दै आएका लामाले हाल आएर गठबन्धन सरकारको समेत भरपूर उपयोग गरीरहेको स्राेतकाे दाबी छ।

गुण्डा नाईके एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंलाई समेत लुटेपाटको स्राेत बताँउछ।

हाल उनै गुण्डा नाईके लामाले चौलागाईंको भैंसी पाटीमा रहेको आलिसान भव्य महल पुजा निवासमा राज गर्दै आइरहेको समेत स्राेतले दाबी गरेकाे छ।