नामिबिया र नेदरल्याण्ड्स आज भिड्दै

काठमाडौं। आइसिसी विश्वकप लिग टू क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन्।

नामिबिया र नेदरल्याण्ड्सबिचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ। तर, काठमाडौंमा बिहीबार अपराह्न पानी परेकाले खेल ढिला गरी सुरु हुन सक्ने सम्भावना रहेको छ।

लिग २ मा नामिबिया नेदरल्याण्ड्ससँग पहिलो खेलमा पराजित भएको थियो भने नेपालविरुद्ध भने दुवै खेल जित्दै शीर्ष स्थानमा रहेको छ।

नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो भने नामिबियालाई पराजित गरेको थियो।

विश्वकप लिग टूमा ८ टिमले प्रतिस्पर्धा गरेका छन्। जसको शीर्ष चारमा पर्ने टिमले विश्वकपको ग्लोबल क्वालीफायरमा प्रतिस्पर्धा गर्ने छन्।

आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

आजको खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ।