व्यक्तिदेखि सहकारी र बैंकसम्मलाई डुबायो,घरजग्गा,गाडी र सेयरले

मेडिकल व्यवसायी दुर्गा प्रसाईले भनेको एकएक कुरा पुग्दैं गएको अहिले आम सर्वसाधारण बताउँछन्। बजारमा पूरै मन्दी छ। सटर,कोठा र फ्रल्याट दिनानु खाली भएका छन्। मारवाडीहरु धमाधम नेपाल छोडिरहेका छन्। सहकारी त डुबिहाल्यो। अब बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ।

लद्युवित्त, सहकारी र मीटरब्याज पीडितहरु सडकमा ओर्लिसके। दुग्ध किसान तथा निर्माण व्यवसायी पनि सडकमै उत्रिएका छन् । उता, सेयरको मूल्य प्रत्येक दिन घटिरहेको छ। घरजग्गा र गाडीको किनबेच ठप्प छ। मालपोत र यातायात कार्यालय सुनसान छन्।

बजारमा जताततै सुनिन्छ कि दुर्गा प्रसाईले भनेको कुरा पुग्यो। देशमा आर्थिक संकट आइसकेको छ । व्यापारीहरु सटर खोल्नु मात्र हुने व्यापार भने दिनभरमा पनि नहुने गुनासो गर्छन्। सहकारी भागेपछि सर्वसाधारणको बैंकबाट पनि विश्वास गुम्दै गएको छ।

बैंकमा पैसा निकाल्नेको लाम बढ्दै गएको छ। करिब दुई वर्षअघि सहकारीमा समस्या देखिन थालेपछि राष्ट्रिय सहकारी महासंघले ‘सहकारी डुब्दैंन, भाग्दैंन’ भन्दै दिनैपिच्छे पत्रकार सम्मेलन गथ्र्यो। सहकारी विभाग र मन्त्रालय पनि महासंघकै भाष बोल्थ्यो।

यद्यपि, आज मुलुकभरका सहकारी डुबेका छन् । भागेका छन् । नभागेकाले पनि बचतकर्ताको निक्षेप फिर्ता गरेका छैनन् । केही दिनअघि नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै बैंकको अवस्था राम्रो रहेको दाबी साथ सर्वसाधारणलाई बैंकमा निढुक्क भएर बचत गर्न अनुरोध गप्र्यो ।

यता, बैंकर्स संघले पनि पत्रकार सम्मेलन गर्दै बैंकमा कुनै पनि समस्या नरहेको दाबी गरेको छ । सर्वसाधारण जनताले भने कसैको पनि कुरा पत्याएका छैनन् । यसले गर्दा बैंकमा निक्षेप निकाल्नेको संख्या बढ्दो छ । अहिले सरकारका निकायहरुको भन्दा पनि जनता दुर्गा प्रसाईमाथि बढी विश्वास गर्छन् ।

प्रसाईले भनेको एकएक कुरा मिल्दै जानुले उनको कुरा पत्याउनु पनि स्वाभाविकै हो । सहकारीजस्तै बैंकको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ भनेर जनताले थाहा पाइसकेका छन् । सहकारी पनि यीनै क्षेत्रमा लगानी गर्दा आज यो अवस्थामा पुगेको हो ।

पछिल्लो समय बजारमा ३२ सयको सेयर सय रुपैयाँमा बिक्री नहुने अवस्था छ । ५० लाख आनामा किनेको जग्गा लाखमा बिक्दैंन । गाडीको पनि यस्तै अवस्था छ । २० लाखमा किनेको गाडी अहिले लाखमा बिक्री हुदैंन ।

अहिले सहकारीले बचतकर्ताहरुलाई जबरजस्ती महंगोमा घरजग्गा, गाडी र सेयर भिडाउन खोजिरहेको छ । सहकारीहरु बचतकर्ताहरुलाई कि त आफुले भनेजति मूल्यमा घरजग्गा, गाडी र सेयर लिन नत्र निक्षेप फिर्ता नगर्न नसक्ने भनेर भनिरहेका छन् ।

सर्वसाधारण जनता र व्यापारीहरुले बैंकमा पैसा राख्न छोडिसकेका छन् । उल्टै बैंकमा राखेको निक्षेप निकाल्न उनीहरु लागिपरेका छन् । प्राइभेट बैंक कुन दिन र कति खेर ? भाग्छ भनेर ठेगान नहुने जनता नै बताउँछन् । सरकारी बैंकमा भने कर्मचारीहरुको मिलेमतोमा बचतकर्ताहरुको खाताबाटै रकम चोरी हुन्छ ।

अनि अब जनताले के गर्ने ? अहिले सर्वसाधारणले बैंकलाई विश्वास गर्न छोडिसकेका छन् । राष्ट्र बैंकले जतिसुकै प्रेस विज्ञप्ति निकालेपनि र बैंकर्स संघले पत्रकार सम्मेलन गरेपनि जनता अब पत्याउँदैनन् । बैंकबाट ठूल्ठूला व्यापारीहरुले कर्जा लिएका छन् ।

भाटभटेनीका साहु मिनबहादुर गुरुङ, दुर्गा प्रसाई, शेखर गोच्छा, चन्द्र ढकाललगायतले बैंकबाट अर्बो कर्जा लिएका छन् । उनीहरुले कर्जा लिँदा बैंकमा धितो राखेको जग्गा भने सरकारी, सार्वजनिक, गुठी, मठमन्दिरको हुनसक्छ । किनकि यीनीहरु भूमाफिया हुन् ।

अहिले गृह मन्त्रालयले ७७ वटै जिल्लाका सीडियो कार्यालयलाई सरकारी, सार्वजनिक जग्गाको विवरण संकलन गरी पठाउन निर्देशन दिइसकेको छ । सरकारले दुई पटक देशभरका जग्गाको नापी कार्य गप्यो । सुरुमा २०२१ सालमा गरेको थियो भने दोस्रो पटक २०३२ सालमा गरियो।

त्यसअघि सबै जग्गा सरकारको थियो । जग्गाको नापी कार्यपछि सरकारले आफ्नो निजी जग्गा भन्नेहरुलाई लालपूर्जा बाड्यो । बाँकी भएको जग्गा सबै सरकारको हो । तर, २०२१ र ०३२ सालमा जग्गा नापी गर्ने समयमा छुटेको भन्दै सरकारी कर्मचारी, भूमाफिया र कानून व्यवसायीको मिलीजुलीमा त्यो सरकारी, सार्वजनिक, गुठीका जग्गा व्यक्तिको नाममा दर्ता गरियो ।

०४२ सालदेखि जग्गा खण्डीकरण वा प्लानिङ गर्ने कार्य सुरु भयो । त्यसअघि काठमाडौं उपत्यकाभित्र तथा बाहिर सबै खेतबारी थियो । खेतीपाती गरिन्थ्यो । सबै जमिन खेतीयोग्य थियो ।

८०÷८५ वर्ष उमेरका बूढाहरु अहिले पनि भन्छन्, ‘०३५ सालमा मैलैं माइतीघरदेखि तीनकुनेसम्म सडकको दाँयाबाँयाको जग्गा रोपनीको एक लाखका किनेको हो ।’ एक रोपनीमा १६ आना हुन्छ । ४५ वर्षअघि मानिसहरुले एक लाखमा एक रोपनी जग्गा किनेका थिए ।

तीन वर्षअघि त्यँही जग्गा आनाको छ करोड जान्थ्यो । ४५ वर्षको बीचमा त्यँही जग्गाबाट ९६ करोड फाइदा भयो । तीन वर्षअघि छ करोड भनिएको त्यो जग्गा अहिले भने त्यसको आधा मूल्यमा पनि किनबेच हुदैंन । दलाली, भूमाफियाहरुले धमाधम खेतीयोग्य जमिन प्लानिङ गरे । डाँडाकाँडा केही पनि उनीहरुले छोडेनन् ।

उनीहरुले जग्गाधनी वा किसानहरुसँग रोपनीको लाखमा जग्गा किने । तर, खण्डीकरण गरेर आनाकै लाखदेखि करोडसम्ममा बेचे । यसरी जग्गाधनीहरुलाई शोषण गर्नुका साथै सीधासाधीलाई समेत ठगे, जग्गा दलाली र भूमाफियाहरुले । बेच्ने र किन्नेलाई सडकछाप बनाएर बीचका उनीहरु रातारात अर्बपति बने ।

नेपाल सरकारले ०३२ सालसम्म अन्य देशलाई खाद्यान्न बेच्थ्यो । खाद्यान्न अनुदानमा दिन्थ्यो । विश्वमा नेपालको अलग्गै पहिचान थियो । कृषि प्रधान देश भनेर चिनिन्थ्यो नेपाल । बिडम्वना, अहिले अरु देशले यहाँ खाद्यान्न नपठाए भोकमारी सुरु हुनेछ । देशको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ ।

नौं दशकअघि नेपालको जनसंख्या करोड पनि थिएन । भूभाग भने धेरै थियो । अहिले देशको जनसंख्या झण्डै तीन करोड छ । अधिंकाश भूभागमा चीन र भारतले कब्जा गरिसकेको छ । अहिले खाने मुख दिनहुँ बढ्दै गएको छ भने उत्पादन र खेतीयोग्य जमिन घट्दै गएको छ ।

खाद्यान्नमा नेपालको आत्मनिर्भरता गुमिसकेको छ । अब छिमेकी मुलुक भारतलगायत अन्य देशले ग्याँस, पेट्रोल, डिजेल र खाद्यान्न नपठाए नेपालमा कहालीलाग्दो अवस्था निम्तिने छ । बैंक तथा वित्तिय संस्थाले पनि उत्पादकमूलक क्षेत्रमा कर्जा लगानी नगरी अनुत्पादक क्षेत्रमा लगानी गरे ।

कृषि, उद्योगधन्दामा लगानी गरेनन् । घुस र छिटो नाफा कमाउने दाउमा सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा गरे । दुई रुपैयाँ किलोमा बिक्री नहुने फलामलाई भारतले गाडी बनाई लाखौं रुपैयाँ किलोमा नेपालमा बेच्यो ।

पाँच हजार आनामा बिक्री नहुने जमिन दलालीहरुले खण्डीकरण गरेर आनाकै लाखदेखि करोडमा बेचे । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले ३५ सयमा बेचे । देशको पैसा जति सबै यीनै तीन क्षेत्रमा फ्रिज हुन पुगेका छन् । यो क्षेत्रमा लगानी गर्ने व्यक्ति त डुबिहाले, बैंक तथा वित्तिय संस्था पनि टाट पल्टिने अवस्थामा पुगेका छन् ।

मानिसहरुमा पनि जग्गा किनी घर बनाई महंगोमा भाडामा लगाई बसीबसी खाने मात्र सोच बन्यो । ठाउँअनुसार एउटा कोठाको मासिक १५ हजारदेखि ३० हजार, एक फ्रल्याटको ३५ हजारदेखि तीन लाख र एउटा सटरको दुई लाखदेखि १६ लाखमा असुल्ने सपना देखेका थिए, उनीहरुले । तर, अहिले भाडामा बस्ने मान्छे नभएपछि बैंकको कित्ता कसरी तिर्ने ? भनेर घरधनीहरु चिन्तित छन् ।