सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर

काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत, दाङले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए।

न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले सवारी ज्यान मुद्दामा उनलाई दोषी ठहर गर्दै जेल र २ हजार रुपैयाँ सजाय सुनाएको हो।

बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले २ कात्तिकमा रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। घटनामा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो।

दशैं मनाउन सुर्खेत जाने क्रममा भएको दुर्घटनामा चौधरीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय,भालुवाङले उनलाई नियन्त्रणमा लिएको थियो। पछि उनी धरौटीमा छुटेका थिए।