कृष्ण कडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर

काठमाडौं। कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन्।

आफूलाई कडेलले दुर्व्यवहार गरेको दावी सहित उनले कडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा पीडित आफैं अदालत जान पाउँछन्। त्यही प्रक्रिया अनुसार पीडितले अदालतमा मुद्दा हालेकी हुन्।

यसअघि नै कडेलले आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।