आज एकै दिन आठ संसदीय समितिको बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं। आज मंगलबार एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दै छ। महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय,अन्तर भाषिक,अन्तर धार्मिक,अन्तर सांस्कृति सहिष्णुता प्रवर्द्धनका विषयमा छलफल हुँदै छ।

त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची रहेको छ भने दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा छलफल गर्ने कार्यसूची छ।

आजै सार्वजनिक लेखा समिति, राष्ट्रिय सरोकार समिति,पूर्वाधार विकास समिति,अर्थ समिति र कानुन न्याय तथा मानव अधिकार समितिले विविध विषयमा छलफलका लागि बैठक बोलाएका छन्।