यी पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

काठमाडौं । नेपालमा अब पाँच जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेको छ। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको छ।

पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शत प्रतिशत खोप लगाएको हेरिने गरिन्छ। ती पाँच जिल्लाका १६ स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न बाँकी छ।