सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।