नामिबियाविरुद्ध नेपालले टस हार्यो, ब्याटिङको निम्तो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध टस हारेको छ।नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छनन् भने नेपालले पहिलो ब्याटिङ गर्नेछ।

टोलीमा आज ३ परिवर्तन भएको छ। कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी विश्राममा छन्। अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख टोलीमा आएका छन्।

नेपालको टोली 

आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख

नामिबियाको टोली

मलान क्रुगर, माइकल भान लिंगेन, जेपी कोट्जे, जान फ्रिलिंक, जेजे स्मिट, जान निकोल लोफ्ट इटन, जेन ग्रीन, रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ज, पिटर ब्लिगनट, बेन शिकोंगो