सरकारको आँखा र कान भएपनि देख्ने र सुन्न छोड्यो: अध्यक्ष लिङ्देन

फाइल तस्वीर

काठमाडौं । राप्रपाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारले आँखा देख्न र कान सुन्न छोडेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा उठेका विषयमा सरकार गम्भीर नभएको आरोप लगाए। उनले संसदकमा सरकारको उपस्थिति नभएसम्म संसद चल्न नसक्ने बताए।

सरकारले मिटरज्याज पीडित, लघुवित्त पीडितलगायतको समस्या समाधानमा गम्भीरता नदेखाएको उनले बताए। उनले यी समग्र विषयमा सरकारले जवाफ दिनुपर्ने बताए।