एमाले मन्त्रीहरुको मन्त्रालय टुंगियो,कसले कुन मन्त्रालय पाए त ?

काठमाडौं। नेकपा एमालेबाट सरकारमा सहभागी हुने ८ जनाको मन्त्रालय टुंगिएको छ। सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन्।

त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला,हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन्।

त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने एमाले स्रोतले जनाएको छ।