सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं। सुनले तीन दिनयता दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ। बिहीबार एकैदिन अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ रहेको सुन बिहीबार १ लाख २५ हजार पुगेको छ।

विगत २१ दिनमा सुनको मूल्य ८ हजार ५ सय रुपैयाँ बढिसकेको छ। यसअघि फागुन ३ गते तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो। चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन। यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो।