महाशिवरात्रिका लागि सवारी साधन डाइभर्सन गरिने

काठमाडौं। महाशिवरात्रिका लागि पुशपति क्षेत्रमा यातायातको व्यवस्थापनका लागि सवारी रुट तयार भएको छ। महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिने भएको हो।

महाशिवरात्रिका लागि पुशपति क्षेत्रमा प्रवेश गर्ने मार्गहरु चाबहिल, पुरानो(बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर,कुटुवहाल, गौरीघाट र तिलगंगाबाट सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै, मालवाहक सवारी साधनहरूलाई तीनकुने,जोरपाटी नारायणटार,चुच्चेपाटी,चावहिल,सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने सूचनामा उल्लेख छ।