माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने

काठमाडौं।नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको देवेन्द्र पौडेलले जानकारी दिए।

पार्टीपंक्तिले भने ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका नारायण दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो।