माओवादी स्थायी समितिको बैठक आज बस्दै

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ। बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ।

बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन,पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुने बताइएको छ।

यसअघि माओवादीले फागुन २८ गतेलाई बोलाएको स्थायी समिति बैठक स्थगित गरेको थियो। त्यसपछि बैठक आज बस्न लागेको हो।

आजको बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ।