बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ। महासङ्घका अनुसार हिजो मंगलबारको तुलनामा आज मूल्य बढेर कारोबार सुरु भएको हो।

यससँगै,आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो।

यस्तै,आज चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम छ। हिजो मंगलबार १५ सय ५ रुपैयाँ कायम थियो। यो तोलामा १५ रुपैयाँको गिरावट हो।