संसदको सुशासन समितिले आज गृहमन्त्रीसँग सोधपुछ गर्ने

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने कार्यसूची रहेको छ।

गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न तथा गृहमन्त्री लामिछानेलाई बोलाइएको समितिले जनाएको छ।

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ।