नेपाल ‘ए’ र आयरल्याण्डबीचको खेल आज हुँदै

काठमाडौं। वर्षाका कारण बिहीबार रद्द भएको आयरल्याण्ड ए र नेपाल ‘ए’ बीचको टी–२० क्रिकेट आज हुँदैछ। बिहीबार दिउँसो १ बजेका लागि तय भएको टी–२० सिरिजको पहिलो खेल वर्षाका कारण रोकिएको थियो।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द गर्दै पुनः खेलतालिका सार्वजनिक गरेको थियो। आजको खेल पनि त्रिवि मैदानमा दिउँसो १ बजेदेखि सुरू भएको छ। नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्सविरूद्ध टी–२० पछि एकदिवसीय सिरिज पनि खेल्नेछ।

विश्वकप २०२४ को अभ्यास खेलका लागि आयरल्याण्डको टोली नेपाल आएको थियो। सोही टोलीसँग नेपालको राष्ट्रिय टिमले दुईवटा टी–२० खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।

नेपालको ‘ए’ टिमले आज र भोलि र सोमबार टी–२० सिरिज खेल्नेछ भने चैत २१, २३ र २५ गते एकदिवसीय सिरिजका खेल खेल्नेछ।