मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको सोल्टी मोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ।

शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो।

उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो।

सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।