महालेखा परीक्षकमा तोयम राय सिफारिस

काठमाडौं। महालेखापरीक्षकमा तोयम राय सिफारिस भएका छन्। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो।

हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन्।

संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन्।