सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार

काठमाडौं ।नेपली बजारमा आइतबार सुनचाँदीको मूल्य पनि यथावत् छ। शुक्रबार ऐतिहासिक उचाइ प्राप्त गरेको सुन र चाँदी क्रमशः १ लाख ३० हजार र १ हजार ५ सय २५ रुपैयाँमा रोकिएको हो।

आइतबार छापावाल सुन १ लाख ३० हजार, तेजाबी सुन १ लाख २९ हजार ४ सय र चाँदी १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। उता अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रति २ हजार २ सय ३२ रुपैयाँमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।