प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ।बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।