कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ।

उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो। सभापति देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए।

सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन।

यसअघि हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आज दिउँसो २ बजे उम्मेदवार टुङ्ग्याउन पुनः बैठक बस्नेछ।

उनका अनुसार कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्न आजे अपराह्न ४ बजे संसदीय बोर्डको बैठक बस्ने छ ।