नेपाल ए र आयरल्यान्ड ए बीचको खेल आज हुदै

काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।

खेल बिहान ९:३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ।

सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो। नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २-१ ले जितेको थियो।

नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन्। तेस्रो टी-२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए। विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन्।

नेपालको बलरमा कमलसिंह ऐरी, रिजन ढकाल र मौसम ढकाल पनि छन्। नेपाल र आयरल्यान्डबीचको खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकोछ।

उता आयरल्यान्डका पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ। उता सिनियर टोलीले आज भारतमा गुजरातसँग खेल्दैछ । नेपाल र गुजरातबीचको खेल दिउँसो २ स् ४५ मा सुरु हुनेछ ।

नेपाल ए को टोली

विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल।