१९ प्रहरी निरीक्षकको डीएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन्।

यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस हुनेहरूमा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन्। उनको अंक ९७.२१६० रहेको छ। दोस्रो नम्बरमा रहेका ऋषिराम घर्तीमगरको अंक ९७.०१६० रहेको छ।