गायक राजेशपायलसहित तीनजना कलाकार पक्राउ

काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई सरुवा गर्ने धम्की दिएपछि गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई पक्राउ गरिएको हो।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले त्यहाँ पुगेर होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएको बताइएको छ।

त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।