वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा २ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भारत मोतिहारी घर भएका २३ वर्षीय मोतिबाबु अन्सारी र झापा घर भएकी ४४ वर्षीया ज्ञानवती ताजपुरियालाई पक्राउ गरेको हो।

अन्सारीले दुबई पठाउँछु भनेर २ लाख ८० हजार र मलेसिया पठाउँछु भनेर ताजपुरियाले १ लाख २५ हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।