इलाम उपनिर्वाचनमा विप्लव नेतृत्वको नेकपाले सुहाङलाई समर्थन गर्ने

काठमाडौं। इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने भएको छ।

एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि मत मागेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने समझदारी भएको भन्दै सुहाङका लागि मत मागिएको छ।

अपिलमा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत,माओवादी जिल्ला संयोजक विजय खम्बु र नेकपाका इन्चार्ज मौसमले हस्ताक्षर गरेका छन्।