श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु

सांकेतिक तस्वीर

तनहुँ। तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक महिलाको हत्या भएको छ। ३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए।

जीतबहादुर र सुकमाया श्रीमान श्रीमती हुन्।

शनिबार दिउँसो सवा ४ बजे भएको उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी बोहराले बताए। प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।