काठमाडौं उपत्यकामा प्रदूषण घट्यो

काठमाडौं। काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङ सहित पानी परेको छ।

यसले प्रदूषण कम गर्न सहयोग गरेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले काठमाडौं उपत्यकामा हल्का पानी परेकाले प्रदूषण कम हुन थालिसकेको बताए।

उनले भने, ‘वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेको छ। त्यसले गर्दा काठमाडौं नजिकका पहाडहरु छ्याङ्ग देखिन थालिसकेका छन्।