नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

फाइल तस्वीर

काठमाडौं।ओमानमा जारी एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१० रनको योगफल तयार पारेको हो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले १८ बलमा ३ चौका र ७ छक्का प्रहार गरी ६४ रन बनाएर नट आउट रहे।

त्यस्तै आशिफ शेखले ४१ बलमा ६ चौका प्रहार गरी ५२ रन बनाए।

कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३५ रन जोडे । कप्तान रोहित पौडेलले १८ र ओपनर कुशल भूर्तेलले १२ रनको योगदान गर्दा सन्दीप जोराले ७ रन बनाए।

बलिङतर्फ कतारका हिमांशु राथोड र मुशावर साहले ३र३ विकेट लिए भने अमिर फारूकले १ विकेट लिए।

नेपाल प्रतियोगिताको साबिक विजेता हो।

जारी संस्करणको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।