सामाजिक सुरक्षा योजना: आठ अर्ब ५६ करोड भुक्तानी

फाइल तस्वीर

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत आठ अर्ब ५६ करोड रुपियाँ भुक्तानी गरेको छ।

योगदानमा सुरक्षा योजना लागु गरेको पाँच वर्षको अवधिमा ५२ अर्ब ८९ करोड रुपियाँ सङ्कलन गरेको कोषले विभिन्न चार वटा योजनाका लागि कोषमा सङ्कलित रकमको १५ प्रतिशत भुक्तानी गरेको हो।

सामाजिक सुरक्षा कोषका अनुसार सुरक्षा योजना अन्तर्गतका विभिन्न श्रमिक तथा उनीहरूका परिवारलाई दिएको भुक्तानीमा आठ अर्ब ५६ करोड रुपियाँ खर्च भएको छ।

कोषले विभिन्न चार योजनामा यस्तो भुक्तानी दिने गरेको छ। कोषका सूचना अधिकारी उत्तमराज नेपालले कोषमा सङ्कलन भएको रकमबाट मागदाबी अनुसार रकम भुक्तानी भएको बताए। गोरखापत्रबाट